You are viewing the translated version of वास्तविक धनीको पहिचान.
Section 6
वास्तविक धनीको पहिचान
(१) सूचक संस्थाले ऐनको दफा ७ग. बमोजिम कानूनी व्यक्तिको वास्तविक धनीकोपहिचान तथा सम्पुष्टि गर्दा देहायका उपाय समेत अवलम्बन गर्नु पर्नेछ:-
(क) काबूनी व्यक्ति उपर पन्ध्र प्रतिशत वा सोभन्दा बढी प्रभावकारी स्वामित्व राख्ने अन्तिम प्राकृतिक ८ व्यक्ति भए निजको पहिचान,
(ख) खण्ड (क) बमोजिम स्वामित्व राख्ने व्यक्तिको सम्बन्धमा जानकारी नभए वा तत् सम्बन्धमा शङ्का वा अस्पष्टता भएमा त्यस्तो कानूनी व्यक्ति उपर नियन्त्रण राख्ने कुनै; प्राकृतिक व्यक्ति भए वा नभएको पहिचान,
(ग) खण्ड (क) वा (ख) बमोजिमको व्यक्ति नपाइएमा त्यस्तो कानूनी व्यक्तिको सञ्चालकमा रहेको मुख्य पदाधिकारीको पहिचान, र
(घ) सूचक संस्थाले उपयुक्त ठानेको अन्य उपाय।
(२) सूचक संस्थाले वास्तविक धनीको पहिचान तथा सम्पुष्टि गर्दा उपनियम (१) को अतिरिक्त कानूनी व्यक्तिको वास्तविक धनी तथा निज उपर नियन्त्रण गर्न सक्ने देहायका व्यक्तिको समेत पहिचान गर्नु पर्नेछ:-
(क) कानूनी व्यक्ति उपर नियन्त्रण गर्ने वा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा त्यसको पन्ध्र प्रतिशत वा सोभन्दा बढी शेयर, अन्य स्वामित्व, मूल्य वा मताधिकार वा त्यसको निर्णय उपर नियन्त्रण राख्ने प्राकृतिक व्यक्ति,
(ख) व्यवस्थापन वा त्यस्तै: कार्य गर्ने प्राकृतिक व्यक्ति,
(ग) उल्लेख्य तथा फरक मताधिकार रहेको व्यक्ति,
(घ) क्रणका उपकरणबाट नियन्त्रण गर्ने व्यक्ति,
(ङ) अन्य कुनै व्यक्तिको नाम वा सम्पत्तिमा आफ्नो.नियन्त्रण राख्ने व्यक्ति,
(च) पदाधिकारी मनोनयन वा उच्च व्यवस्थापकीय पदको नियुक्तिको अधिकार भएको व्यक्ति।
(३) सूचक संस्थाले ऐनको दफा ७ग. बमोजिम कानूनी प्रबन्धको वास्तविक धनीको पहिचान तथा सम्पुष्टि गर्दा सेटलर, ट्रष्ट, संरक्षक, हिताधिकारी वा सोको वर्ग र त्यस उपर प्रभावकारी, नियन्त्रण गर्ने अन्तिम प्राकृतिक व्यक्ति वा त्यस्तै हैसियत रहेको व्यक्तिको पहिचान गर्नु पर्नेछ।
(४) सूचक संस्थाले कानूनी व्यक्ति वा कानूनी प्रबन्ध उपर अप्रत्यक्ष स्वामित्व र नियन्त्रणको प्रभावकारिता मापन गर्दा देहाय बमोजिमको मापदण्डको आधारमा गर्नु पर्नेछ:-
(क) शेयरधनी, साझेदार वा हिताधिकारीको हकमा सबैको समानुपातिक स्वामित्व,
(ख) परिवारको हकमा परिवारका / सदस्यको समानुपातिक स्वामित्व ।
(५) सूचक संस्थाले धितोपत्र बजारमा सूचीकृत कानूनी व्यक्तिको हकमा त्यसको वास्तविक धनी र निजको शेयर, नियन्त्रण वा स्वार्थको विवरण कानून बमोजिम सार्वजनिक हुने वा पर्याप्त रूपमा सहजै प्राप्त हुन सक्ने निश्चित भएमा र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय. लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालनाभएको कुरा प्रतिवेदनबाट सुनिश्चित हुन सकेको अवस्थामा - त्यस्तो वास्तविक धनीको पहिचान नगर्न सक्नेछ।
(६) सूचक संस्थाले: वास्तविक धनीको पहिचान वा सो सम्बन्धी विवरण अद्यावधिक - गर्दा ऐनको दफा ३५क. बमोजिम सम्बन्धित सरकारी निकायमा रहेको वास्तविक धनी सम्बन्धी विवरण प्राप्त गर्न र वास्तविक धनी यकिन गर्न आफूसँग रहेको विवरण सम्बन्धित सरकारी निकायलाई आवश्यक हुन्छ भन्ने लागेमा उक्त विवरण त्यस्तो सरकारी निकायमा पठाउनु पर्नेछ।
(७) सूचक संस्थाले कानूनी व्यक्ति वा कानूनी प्रबन्धको स्वामित्व र नियन्त्रण संरचना पहिचान गर्न जोखिमका आधारमा अन्य आवश्यक र उचित उपाय अवलम्बन गर्नु पर्नेछ ।